coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

पूर्व प्रम नेपालले गरे बिपी स्मारक टावरको शिलान्यास

सहिद सप्ताहको अवसर पारेर पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले रौतहट सदरमुकाम गौरमा बिपी स्मारक टावर र घन्टाघरको संयुक्त शिलान्यास गरेका छन्।

गौर नगरपालिकाको मुख्य चोकको रुपमा रहेको बिपी चोकमा निर्माण हुने बिपी स्मारक टावर तथा घन्टाघरको पूर्व प्रम नेपालसँगै गौर नगरपालिकाका नगर प्रमुख शम्भु साह कानु, नेपाली काँग्रेसको मधेश प्रदेश सभापति तथा प्रदेशसभामा विपक्षी दलका नेता कृष्णप्रसाद यादव, प्रदेश सांसद नागेन्द्र यादवलगायतले बिहीबार एक समारोहबिच शिलान्यास गरेका हुन्।

गौर नगरपालिकाको नगर स्तरीय योजना अन्तर्गत १ करोड ७२ लाखको लागतमा टावर को निर्माण हुने नगर प्रमुख साहले बताए। स्मृति टावर को चारैतिर विभिन्न सहिदहरूको प्रतिमा राखिने र अग्लो भागमा घडी राखिने योजना रहेको नगर प्रमुख साहको भनाइ छ।

टावर को निर्माण सम्पन्न भएपछि गौरको सौन्दर्यमा मात्र वृद्धि हुने नभई यसबाट सहिदको सम्मान हुने पनि नगर प्रमुख साहको भनाइ छ। गौरका स्थानीयवासीको लामो समयदेखिको चाहना स्मारक र घण्टाघर दुवै भएकाले अब उक्त चाहना पूरा हुने साहले बताएका छन्।

वसन्त पञ्चमीको दिन सबैतिर शिक्षालयमा सरस्वती पूजा भइरहेको अवसर पारेर गौर नगरपालिकाले विभिन्न तिन विद्यालयको पनि शिलान्यास गरेको छ।

गौर नगरपालिकाको वडा नम्बर ४, ६ र ७ का विद्यालयहरूमा थप कक्षाकोठा भवनको नगर प्रमुख साहले शिलान्यास गरेका हुन्। कक्षाकोठाहरू व्यवस्थित हुने भएकाले विद्यालयको पठनपाठनमा सजिलो हुने र शिक्षाको गुणस्तरमा सकारात्मक प्रभाव पर्ने नगर प्रमुख साहको भनाइ छ।

प्रकाशित: १२ माघ २०७९ १२:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App