८ वैशाख २०८१ शनिबार
राजनीति

राष्ट्रपतिका लागि समर्थन जुटाउने प्रयासमा लाग्छौँः सांसद पौडेल

फाइल तस्बिर

नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले काँग्रेसले राष्ट्रपतिको निर्वाचनमा आफ्नो पक्षमा समर्थन जुटाउने प्रयासमा आजदेखि नै लाग्ने बताएका छन्।

बिहीबार प्रतिनिधि सभा बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै पौडेलले नेपाली काँग्रेस राष्ट्रपति निर्वाचनको लागि समर्थन जुटाउने प्रयासमा आजदेखि नै लाग्ने बताएका हुन्।

उनले अहिलेसम्म राष्ट्रपतिको लागि सहमति नभएकाले नेपाली काँग्रेसले राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिने बताए। गठबन्धन कायम रहि रहेको अवस्थामा काँग्रेसले आफ्नो उम्मेदवारहरुलाई जिताउन मुस्किल भएपनि उम्मेदवारी दिएर समर्थन जुटाउन खोज्नु स्वाभाविक भएको उनको भनाइ छ।

पौडेलले नेपाली काँगे्रसले प्रधानमन्त्रीले सहमतिको आधारमा अगाडि बढ्ने अभिव्यक्ति अनुसार काँग्रेसले विश्वासको मत दिएको पनि बताए।  

प्रकाशित: ५ माघ २०७९ ११:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App