७ वैशाख २०८१ शुक्रबार
राजनीति

मधेस प्रदेशमा सभामुखको निर्वाचन स्थगित

मधेश प्रदेशमा आज हुने सभामुखको निर्वाचन एक दिनको लागि स्थगित गरिएको छ। सभामुखको निर्वाचन भोलि हुने भएको छ। पोखरामा भएको हवाई जहाज दुर्घटनामा परी ज्यान गुमाएको शोकमा प्रदेशसभाको बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयका सचिव रंजित कुमार यादवले जानकारी दिए।  

आइतबार पोखरामा यति एयरलाइन्सको विमान दुर्घटनामा परी ज्यान गुमाएको शोकमा संघीय सरकारले सोमबार सार्वजनिक विदाको घोषणा गरेको छ। सोमबारको बैठकमा सभामुखको चुनावका साथै नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिने तालिका थियो। तर, आइतबार बिहान विमान दुर्घटनाले सिंगो देशलाई मर्माहत तुल्याएपछि मधेश प्रदेशसभाको बैठक एक दिन पछि सारेको हो।

प्रदेशसभाको अर्को बैठक मंगलबार दिउँसो १ बजे बस्ने भएको छ। मंगलबार बस्ने बैठकले प्रदेशको सभामुखको टुंगो लगाउने छ भने मुख्यमन्त्री यादवले विश्वासको मत समेत लिने छन्। सभामुखको लागि सत्ता गठबन्धनको तर्फबाट नेकपा एमालेका रामचन्द्र मण्डल र नेपाली कांग्रेसबाट जंगीलाल रायले उम्मेदवारी दिएका छन्। सत्ता गठबन्धनसित झण्डै दुई तिहाई प्रदेशसभा सदस्यको समर्थन रहेकोले सभामुखमा मण्डल निर्वाचित हुने निश्चित छ।

प्रकाशित: २ माघ २०७९ ०५:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App