४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रदेश १ को सभामुखमा माओवादीका गौतमको एकल उम्मेदवारी

प्रदेश १ सभाको सभामुखमा माओवादी केन्द्रका बाबुराम गौतमको एकल उम्मेदवारी दर्ता भएको छ।

ओखलढुंगा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद बाबुराम गौतमको प्रस्तावकमा एमालेका रेवती रमण भण्डारी, समर्थकमा एकीकृत समाजवादीका कमल जवेगु माओवादी केन्द्रका नारायण बुर्जा मगर र  राप्रपाका गोपाल बहादुर विश्वकर्मा छन्।

उम्मेदवारी मनोनयनको समय पुस २६ गते साँझ ५ बजेसम्मलाई तोकिएको थियो। साँझ ५ बजे सम्म एक जनाको मात्रै उम्मेदवारी परेको प्रदेश सभा सचिवालयका सचिव गोपाल पराजुलीले जानकारी दिए।

एक जनाको मात्रै उम्मेदवारी परेकाले पुस २८ गतेको प्रदेशसभामा प्रस्ताव पेश हुने र सभामुख निर्विरोध निर्वाचित भएको घोषणा प्रदेशसभाका सभामुखले गर्ने पराजुलीले बताए।

प्रदेश १ सरकारको मुख्यमन्त्री एमाले र सभामुख माओवादीले पाउने गरी यसअघि नै केन्द्रमा सहमति भइसकेको छ। एमाले गठबन्धनमा ६० सांसद छन्। नेकपा एकिकृत समाजवादीले पनि गौतमलाई समर्थन गर्ने जनाएको छ। प्रदेशसभामा नेकपा एकिकृत समाजवादीका ४ जना सांसद छन्।   प्रदेश १ को प्रदेशसभामा कुल  ९३ जना सांसद छन्।

प्रकाशित: २६ पुस २०७९ १२:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App