१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
स्वास्थ्य

भेरी अस्पतालमा भिरिंगी रोगसम्बन्धी अनुसन्धान सुरु

नेपालगञ्जस्थित भेरी अस्पतालमा सिफलिस (भिरिंगी) रोगसम्बन्धी अनुसन्धान सुरु गरिएको छ। किशोर तथा किशोरीमा देखिएको जोखिमपूर्ण यौन सम्बन्धका कारण भिरिंगी देखिएकाले यसको आर्थिक तथा सामाजिक अध्ययन गर्न एकवर्षे वैज्ञानिक अध्ययन सुरु भएको भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट, छाला तथा यौन रोग विशेषज्ञ डा बद्री चापागाइँले जानकारी दिए।  

भिरिंगी रोग लागेकै कारण विदेश जानेहरूलाई रोक्न नहुनेमा जोड दिँदै रोगको उपचार, परीक्षण तथा परामर्शका लागि भेरी अस्पतालमा भेनस कर्नर स्थापना गरिएको चपागाइँले बताए। उनले भने, ‘यसको जोखिम बढ्दै गएकाले बिरामीलाई अस्पतालमा सहज पहुँच पु¥याउन यस्तो प्रयास गरेका छाँै।’  

अध्ययनको नेतृत्व गरिरहेका अस्पतालका प्रमुख कन्सल्टेन्ट छाला तथा यौन रोग विशेषज्ञ डा. चापागाईंले सिफलिसलाई केवल व्यक्तिगत स्वास्थ्य समस्याका रूपमा सीमित गर्न नहुने धारणा व्यक्त व्यक्त गरे।  

भिरिंगी सामाजिक व्यवहार, वैदेशिक रोजगारी, औषधिको अनियन्त्रित प्रयोग र नीतिगत कमजोरीसँग गाँसिएको जटिल सार्वजनिक स्वास्थ्य समस्या भएको जानकारी दिँदै उनले  दैनिक चिकित्सकीय अभ्यासमा देख्दै आएका यथार्थलाई वैज्ञानिक प्रमाणका आधारमा प्रस्तुत गर्नसमेत अध्ययन सुरु गरिएको बताए। -रासस

प्रकाशित: १८ पुस २०८२ १५:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App