२२ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

प्रदेशका मन्त्रालय घटाउनेछुः मुख्यमन्त्री जमकट्टेल

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलले प्रदेशमा मन्त्रालयहरु घटाउन लागेको बताएका छन्।

मंगलबार बिहान मुख्यमन्त्रीको शपथग्रहणपछि सञ्चरकर्मीहरुसँग कुराकानी गर्दै उनले प्रदेशमा मन्त्रालयको संख्या बढी भएको गुनासो आएकाले मन्त्रालयको संख्या घटाउन लागेको बताएका हुन्।

उनले आजबाट नै प्रदेशको मुख्यमन्त्रीको पदभारसमेत ग्रहण गरेका छन्। मुख्यमन्त्री जमकट्टेलले मन्त्रालयको संख्या यकिन गर्न प्रदेशका प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको र समितिले १५ दिन भित्रमा प्रतिवेदन दिने बताए।  

प्रकाशित: २६ पुस २०७९ ०७:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App