१७ पुस २०८२ बिहीबार
image/svg+xml
राजनीति

सरकारलाई विश्वासको मत दिने वा नदिने विषयमा निर्णय लिन नेकपा एसको सचिवालय बैठक बस्दै

फाइल तस्बिर

नेकपा (एकीकृत समाजवादी)ले वर्तमान सरकारलाई विश्वासको मत दिने वा नदिने विषयमा निर्णय लिन लिन आज सचिवालय बैठक बोलाएको छ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालय आलोकनगरमा  बस्ने बैठकले सरकारलाई समर्थन गर्ने वा नगर्ने तथा सरकारमा सहभागितालगायत विषयमा निर्णय लिने उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिएका छन । केही दिन अगाडि बसेको पार्टीको पोलिटब्यूरो बैठकले सत्तापक्षीय सबै दलको समन्वयमा निर्माण भएको न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएपछि त्यसका अध्ययनका आधारमा सरकारलाई समर्थन गर्ने विषयमा टुङ्गो लगाउने निर्णय गरेको थियो। सरकारको न्यूनतम साझा कार्यक्रम सोमबार सार्वजनिक भएको थियो।  

सचिवालय बैठकपछि आजै पार्टीको संसदीय दलको बैठक बोलाइएको छ। उक्त बैठकमा सचिवालय बैठकको निर्णयानुसार दलका नेतालाई निर्देशन दिने तथा ह्वीप जारी गर्ने नेता कृष्णकुमार श्रेष्ठले जानकारी दिए। प्रधानमन्त्री पुष्पकमल दाहालले आज बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने कार्यक्रम छ। नेकपा ९एकीकृत समाजवादीपार्टीको सङ्घीय प्रतिनिधिसभामा १० सदस्य छन्।

प्रकाशित: २६ पुस २०७९ ०३:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App