प्रतिनिधिसभाको पहिलो बैठक केहीबेर अघि शुरु भएको छ।
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाको अध्यक्षतामा संसदको पहिलो बैठक सुरू भएको छ।
संसदको अध्यक्षता गर्नु भएका जेष्ठ सदस्य पशुपति शमशेर राणाले अधिवेशन आह्वान सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाए । साथै उहाँले नयाँ संसदमा निर्वाचीत भएर आएका नयाँ सासदलाई बधाई तथा शुभकामना ब्यक्त गरे ।
त्यसैगरी पहिलो बैठकमा प्रधानमन्त्री पुष्प कमल दाहालले नयाँ निर्वाचीत सांसदको यो संसद परिक्षाको केन्द्र भएकाले जनताको भावनालाई उचित सम्मान गर्दै आफ्नो भूमिका निर्वाह गर्न सबैलाई आग्रह गरे।
त्यसगरी नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले पनि सबैलाई शभुकामना र बधाई दिएका छ। त्यसैगरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्टियता र नेपाली जनताको पक्षमा काम गर्नु पर्ने धारणा व्यक्त गरे।
प्रकाशित: २५ पुस २०७९ ०८:०३ सोमबार





