६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

डा. भट्टराईको राजनीतिक प्रतिवेदन: समाजवादी ध्रुवीकरण गर्नुपर्छ

नेपाल समाजवादीका पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले समाजवादी ध्रुवीकरण अहिलेको आवश्यकता भएको ठहर गरेका छन्।

उनले पुस २४ आइतबार पार्टीको राजनीतिक समितिको प्रथम पूर्ण बैठकमा आफ्नो राजनीतिक प्रतिवेदन पेश गर्दै ‘आजको युग र नेपाली विशेषताको नयाँ समुन्नत समाजवादको मोडेल विकास गर्नुपर्ने’ औलाएका छन्।

‘नयाँ समुन्नत समाजवादका मूलभूत मान्यताहरूको वरिपरि रहेर देशमा नयाँ समाजवादी ध्रुवीकरणको प्रयत्न गर्नुपर्दछ’, डा. भट्टराईले राजनीतिक प्रतिवेदनमा भनेका छन्, ‘त्यसनिम्ति विभिन्न पार्टी, समूह र व्यक्तिहरूसँग योजनाबद्ध ढंगले सहकार्य, एकता र ध्रुवीकरणको पहल गर्नुपर्दछ।’

उनले दार्शनिक, राजनीतिक, अर्थ शास्त्रीय, समाज शास्त्रीय र सांस्कृतिक तथा मनोवैज्ञानिक जस्ता पाँच आयामका आधारमा समाजवादी ध्रुवीकरणलाई अघि बढाउनुपर्ने उल्लेख गरेका छन्।

‘अर्थ शास्त्रीय दृष्टिकोणबाट यस सिद्धान्तले परम्परागत निरपेक्ष खुल्ला बजार अर्थतन्त्र, राज्य–समाजवादी अर्थतन्त्र वा शास्त्रीय मिश्रित अर्थतन्त्रको साटो राज्यको सामाजिक उत्तर दायित्वसहितको बजार अर्थतन्त्र अर्थात् बजार–समाजवादको आर्थिक मोडेल अवलम्बन गर्दछ। यस मोडेलमा सरकारी, निजी, सहकारी र सामुदायिक स्वामित्व बिच गतिशील सन्तुलन, सहकार्य र प्रतिस्पर्धा हुनेछ’, डा.भट्टराईले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘तीव्र आर्थिक वृद्धि, पर्याप्त भौतिक पूर्वाधार विकास, समन्यायिक वितरण, समतामूलक समृद्धि, दिगोपना र मानवीय खुसी यस्तो आर्थिक ढाँचाका मुख्य विशेषता हुनेछन्।

नेपाल समाजवादीका पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले तयार गरेको राजनीतिक प्रतिवेदनकाे पूर्णपाठ

प्रकाशित: २४ पुस २०७९ ०८:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App