२२ पुस २०८२ मंगलबार
image/svg+xml
बजार

रेडबुल नेपालको ‘यात्रा वर्ल्ड कपको’ क्याम्पेन सार्वजनिक

रेडबुल नेपालले 'यात्रा वर्ल्ड कपको' सार्वजनिक गरेको छ । यो क्याम्पेनअन्तर्गत कम्पनीले क्रिकेट फ्यानलाई लक्षित गर्दै नयाँ क्याम्पेन सार्वजनिक गरेको हो । क्याम्पेनको अवधारणा र उद्देश्यबारे जानकारी दिन म्यानेजिङ डाइरेक्टर सुरेन्द्र सिलवालले क्याम्पेनको विस्तृत विवरण प्रस्तुत गरेका थिए ।  

यसअघि फ्यानको क्यान अन्तर्गत सञ्चालन गरिएको 'हरेक फेस्टिभलको इनर्जी' क्याम्पेनले उपभोक्ताबाट उत्कृष्ट प्रतिक्रिया पाएको थियो । यद्यपि, यसपटक रेडबुल नेपालले क्रिकेट फ्यानहरूको उत्साह र जोशलाई मध्यनजर गर्दै नयाँ क्याम्पेन ल्याएको हो।  

कार्यक्रमको सुरुआत फ्यानको क्यान अन्तर्गत दुई भाग्यशाली विजेताको छनोटबाट गरिएको थियो। राष्ट्रिय क्रिकेट टोलीका खेलाडी र रेडबुलका अफिसियल एथलेट कुशल भुर्तेलले लक्की ड्रमार्फत विजेताहरूको चयन गरे । यसरी, विजेता बनेका बिनोद न्यौपाने र आर्यन सापकोटाले थाइल्याण्ड यात्रा गर्ने अवसर प्राप्त गरेका छन् ।  

साथै, क्याम्पेनको आधिकारिक पहिचानको रूपमा 'यात्रा वर्ल्ड कपको' लोगो पनि सार्वजनिक गरियो । यसले रेडबुल न्यू जेन इनर्जी को भावना र क्रिकेटको जोशलाई प्रकट गर्दछ ।  

'यात्रा वर्ल्ड कपको' क्याम्पेनमा सहभागिता जनाउन चाहने उपभोक्ताले रेडबुलका नयाँ क्यान खरिद गर्नुपर्नेछ । क्यानमा रहेको क्यूआर कोड स्क्यान गरेपछि उपभोक्ताले एक वेबसाइटमा रिडाइरेक्ट हुनेछन्, जहाँ उनीहरूले ट्रिभिया प्रश्नहरूको उत्तर दिएर आफ्नो नाम दर्ता गर्न सक्नेछन् । क्याम्पेनको अन्त्यमा, लक्की ड्रमार्फत विजेताहरू चयन गरिनेछ ।  

यस क्याम्पेनले रेडबुल नेपालले खेलप्रतिको उत्साह र फ्यानहरूको जोशलाई अन्तर्राष्ट्रिय स्तरमा अनुभव गराउने विश्वास व्यक्त गरेको छ ।  

रेडबुल नेपालको 'यात्रा वर्ल्ड कपको' क्याम्पेनले नेपाली क्रिकेट फ्यानहरूको लागि एक नयाँ अनुभव सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित: १५ पुस २०८२ २०:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App