२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

सामाजिक न्यायसहित समृद्धि हासिल गर्नुपर्छ: उपप्रधानमन्त्री श्रेष्ठ

फाइल तस्बिर।

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले सामाजिक न्यायसहित समृद्धि हासिल गर्नुपर्नेमा जोड दिएका छन्।

नेवा: पत्रकार दवुको चौथो महाधिवेशनमा उनले छ दशक लामो सङ्घर्ष र बलिदानी मार्फत एकात्मक शासन प्रणालीको अन्त्य गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेकाले अब सामाजिक न्यायसहित समृद्धि हासिल गर्न लागिपर्नुपर्ने बताए।

'सामन्ती, निरंकुश राजतन्त्र र एकात्मक राज्य व्यवस्थाको अन्त्य गरेर राजनीतिक प्रणालीको रूपमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्‍यौँ। आजको मुख्य आवश्यकता भनेकै राजनीतिक परिवर्तनलाई आधार बनाएर सामाजिक–आर्थिक रुपान्तरण गर्ने र सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने हो', मन्त्री श्रेष्ठले भने, 'नेपाली जनताको परिवर्तनको अनुभूति गर्न सक्ने गरी व्यक्तिको सामाजिक, आर्थिक रुपान्तरणको गुणात्मक बढाउनु सरकारको उद्देश्य रहेको छ।'

सबै सरकारले गरेका राम्रा कामलाई निरन्तरता दिँदै देखा परेका समस्या र कमजोरीलाई निराकरण गरेर समृद्धिको गुणात्मक दिशातिर जाने सङ्कल्प वर्तमान सरकारले गरेको पनि उपप्रधानमन्त्री श्रेष्ठको भनाइ थियो।

प्रकाशित: २३ पुस २०७९ १५:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App