२२ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

संसद् बैठक तयारी तीव्र

प्रतिनिनिधिसभा र राष्ट्रियसभाको बैठक यही पुस २५ गतेबाट सुरु हुँदैछ। दुवै सदनको एकै दिन बैठक बस्ने भएकाले संसद् सचिवालयले आइतबार एक सिटको फरकमा भौतिक दुरी कायम राखेर सांसदहरू बस्ने सिटको व्यवस्थापन गर्दैछ। राष्ट्रियसभा स्थायी सदनभएकाले पुरानै नियमावलीबमोजिम नै सञ्चालन हुनेछ भने प्रतिनिधिसभा भने नयाँ निर्वाचनपछि नयाँ नियमावलीबमोजिम सञ्चालन गर्नुपर्ने हुन्छ।

शुक्रबार भएको सर्वदलीय बैठकमा प्रतिनिधिसभाको बैठक प्रतिनिधिसभाको नियमावली २०७५ बमोजिम बस्ने सहमति भएको छ। पहिलो बैठकमा नयाँ कार्यविधि बनाएर बैठक बस्ने वा प्रतिनिधिसभाको पुरानो नियमावलीबमोजिम बन्ने भन्ने विषयमा शुक्रबार ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले सर्वदलीय बैठकम छलफल गराएका थिए। प्रतिनिधिसभाको पहिलो बैठकको सुरुमा ज्येष्ठ सदस्यले प्रतिनिधिसभा नियमावली २०७५ बमोजिम बैठक सञ्चालन हुने प्रस्ताव राख्नेछन्। सो प्रस्ताव संसद्को बैठकबाट पारित भएपछि बैठकमा दलीय आधारमा छलफल सुरु हुने संसद् सचिवालयले जनाएको छ।  

बैठकमा पार्टीका अध्यक्ष तथा संसदीय दलका नेताले सम्बोधन गर्नेछन्। प्रतिनिधिसभाको २६ गतेको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने भएकाले सो दिन पनि दलीय आधारमा छलफल हुनेछ। प्रधानमन्त्रीले विश्वासको मत लिने प्रस्तावका दिन छलफलका लागि दुई घन्टाको समय छुट्याइएको संसद् सचिवालयले जनाएको छ।

प्रकाशित: २३ पुस २०७९ ०१:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App