२९ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

देशभरका सादा पोसाकका सशस्त्र प्रहरीकाे काज सरुवा

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट सादा पोसाकमा परिचालन हुने प्रहरीको विवरण माग गरेपछि दुवै संगठनमा खैलाबैला मच्चिएको छ। गत पुस १८ मा गृहमन्त्री लामिछानेले दुवै संगठनका सादा पोसाकका प्रहरीको विवरण माग गरेपछि सादा पोसाकमा खटिएका प्रहरीहरु अत्यन्त त्रसित देखिएका छन्।

यसै क्रममा सशस्त्र प्रहरी बलले देशभरका सादा पोसाकमा खटिएका सशस्त्र प्रहरीलाई काज सरुवा गरेको छ। काज सरुवा हुनेमा सशस्त्र प्रहरी नायब निरीक्षक ५ जना, सशस्त्र प्रहरी सहायक निरीक्षक ७ जना, वरिष्ठ हवलदार १८ जना, कामु वरिष्ठ हवलदार ३ जना, हवलदार २० जना, सहायक हवलदार ६३ जना र सिपाही १८ जना गरी १३४ जना  रहेका छन्।

काज सरुवा भएका १३४ मध्ये मधेश प्रदेशबाट विभिन्न पदका ३६ जना रहेको बुझिएको छ। सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले गत जेठ ६ मा मातहतका कुनै पनि कार्यालयले सादा पोसाकमा घुमुवा खटाएको भए तुरुन्त फिर्ता गर्न निर्देशन दिएका थिए।

महानिरीक्षक अर्यालले निर्देशन दिए पनि केही कार्यालयले आवश्यकता छ भन्दै सादा पोसाकमा सूचना संकलन गर्न प्रहरी परिचालन गरेका थिए।

सादा पोसाकमा सशस्त्र प्रहरीको कुनै पनि कर्मचारी नखटाउन दिइएको निर्देशनलाई मातहतका केही कार्यालयले फरक तरिकाले बुझेर अटेर गरेको गुनासो बढेको थियो।

एकै दिनमा देशभरका १३४ सादा पोसाकका सशस्त्र प्रहरी कर्मचारीको काज सरुवासँगै तिन दिनभित्र सरुवा भएको ठाउँमा हाजिर गर्न निर्देशन भएपछि सबैतिर खैलाबैला मच्चिएको छ। गत बुधबार सशस्त्र प्रहरी बलले एक साथ १३४ सादा पोसाकको काज सरुवाले कर्मचारीहरु डराएका छन्।

प्रकाशित: २२ पुस २०७९ १२:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App