coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सरकारको न्युनतम साझा कार्यक्रम बनाउने काम शुक्रबारसम्ममा सकिने

सत्तारुढ गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रम बनाउने काम शुक्रबारसम्ममा सक्ने भएको छ।

न्यूनतम साझा कार्यक्रम निर्माणको लागि बनाइएको कार्यदलले शुक्रबारसम्ममा सम्पूर्ण काम सक्ने बताइएको छ। बिहीबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै कार्यदल संयोजक विष्णु पौडेलले साझा कार्यक्रमको ड्राफ्ट तयार भइसकेको जानकारी दिए।

उनले सरकारमा सहभागी हुने विभिन्न राजनीतिक दलहरूको सुझावलाई समेट्दै ड्राफ्ट तयार भएको बताए। सो ड्राफ्टको दफावार छलफल गरी शुक्रवार (भोलि) सम्ममा सबै काम सकिने उनको भनाइ छ।

उनले भने,‘सरकारको साझा कार्यक्रम मस्यौदा गर्नको लागि कार्यदल गठन भएको कुरा यहाँहरूलाई जानकारी नै छ। हामीहरु बेला–बेलामा कार्यदलको बैठक बसिरहेका छौँ। हाम्रो तयारी कार्य अगाडी बढेको छ। सरकारमा सहभागी हुने विभिन्न दलहरूको सुझावलाई संगठित गर्दै एउटा ड्राफ्ट हामीले तयार गरेका छौँ।’

प्रकाशित: २१ पुस २०७९ ०९:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App