१५ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

ईस्वी संवत् २०२३ ले सुख, शान्ति र समृद्धि ल्याओस्: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले इस्वी संवत् २०२३ का अवसरमा नेपाल तथा विश्वभर रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन्।  

सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले इस्वी संवत् २०२३ ले सबैमा सुख, शान्ति र समृद्धि ल्याओस् भनी कामना गरेका छन्। प्रधानमन्त्री दाहालले नेपाल र नेपालीको उन्नति र बृहत्तर समृद्धिका लागि सामूहिक कार्य गर्ने सङ्कल्पको आह्वान गरेका हुन्।

ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवत् २०२३ सुरु भएको छ। जिजस क्राइस्टलाई फाँसी दिएपछि ईस्वी संवत् सुरुआत भएको भन्ने भनाइ छ। 

प्रकाशित: १७ पुस २०७९ ०४:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App