१२ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

एमाले प्रदेश १ को संसदीय दलको नेतामा कार्की सर्वसम्मत

एमाले प्रदेश १ को संसदीय दलको नेतामा  हिक्मतकुमार कार्कीलाई सर्वसम्मत चयन भएका छन्। 

एमाले संसदीय दलको आइतबार  बसेको बैठकले कार्कीलाई संसदीय दलको नेतामा  सर्वसम्मत चयन गरेको हो। 

कार्की प्रदेश १ का पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री पनि हुन्। प्रदेश सभा सदस्य तिलकुमार नेम्वाङको प्रस्ताव  र रेवतीरमण भण्डारीको समर्थनमा कार्की निर्विरोध दलको नेतामा निर्वाचित भएका हुन्। कार्की  झापा क्षेत्रनम्बर ५ (१)बाट दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्।  

प्रकाशित: १० पुस २०७९ १३:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App