८ वैशाख २०८१ शनिबार
राजनीति

कृतिम श्वासप्रश्वास (भेन्टिलेटर) मा राखेर शशांककाे उपचार हुँदै

डा. शशांक काेइराला।

काठमाडौं– अचानक विरामी भएका कांग्रेस महामन्त्री शशांक कोइरालाको स्वास्थ्य अवस्था अझै स्थिर रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। अधिकांश अंगले काम नगरेपछि प्रेसर बढाउन चार प्रकारका औषधि चलाइएको उपचारमा संलग्न डा. लवनरसिंह जोशीले बताएका छन्। कोइरालाको ब्लडप्रेसर १००/५० रहेको अस्पतालले जनाएको छ। यसैगरी स्वाशप्रश्वासको गति ९७ र मुटुको चाल ८० रहेको डा. जोशीले जनाए। प्रेसर बढाउन चार प्रकारको औषधि चलाइएको डा. जोशीले जनाए।

कोइरालाको दुवै फोक्सोमा इन्फेक्शन देखिएको छ भने मधुमेह र मृगौलामा  पनि समस्या देखिएको छ। छातिको हावा निकाल्न ट्युव प्रयोग गरिएको डा. जोशीले बताए। डा. जोशीले थप उपचारका लागि बाहिर लैजाने विषयमा आफूहरु खुला भएको जनाएका छन्। ‘यस विषमया परिवारका सदस्यले हामीहरुसँग कुनै छलफल गर्नु भएको छैन,’ उनले भने,‘बाहिर लैजाने विषयमा हामीहरु खुला छौं।’

अस्पतालले कृतिम श्वासप्रश्वास (भेन्टिलेटर) मा राखेर उपचार भइरहेकाे जनाएकाे छ।  खाना खाएपछि अचानक बेहाेस भएका महामन्त्री  कोइरालालाई  बुधबार विहानै चावहिलस्थित ओम अस्पतालमा भर्ना गरिएको थियाे । 

प्रकाशित: २२ असार २०७३ ०३:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App