१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रचण्डको प्रधानमन्त्री बन्ने चाहना पूरा हुँदैन: ओली

फाइल तस्बिर।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को फेरि प्रधानमन्त्री हुने चाहना पूरा नहुने दाबी गरेका छन्।

फेरि एक पटक प्रधानमन्त्रीका हुनका लागि दाहालले अधिकतम प्रयास गरिरहेका बेला पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीको यस्तो प्रतिक्रिया बाहिर आएको हो।

एमाले प्युठान–काठमाडौँ सम्पर्क मञ्चले शनिबार पार्टीको केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले समयमा कदम नचालेकाले दाहालको प्रधानमन्त्री हुने इच्छा समाप्त भएजस्तो आफूले देखेको तर्कसमेत गरे।

प्रधानमन्त्री हुने इच्छा दाहालले व्यक्त गरिरहेको उल्लेख गर्दै त्यस सम्भावनालाई समयले नै समाप्त पारिदिएको ओलीले बताए। उनले अरूले पनि समयमा कदम नचाले देश फेरि पनि मध्यावधि निर्वाचनतर्फ धकेलिन सम्भावनासमेत औँल्याए।

उनले भने, ‘पुष्पकमल दाहालजी, जो प्रधानमन्त्रीको इच्छा गरिरहनु भएको छ तर उहाँले निर्णय गर्न ढिलो गर्नु भयो। अब उहाँको सम्भावना सामान्यतः समाप्त भएजस्तो देखिन्छ। किनभने उहाँले समयमा कदम चाल्नु भएन। अरूले पनि समयमा कदम चालेनन् भने समयमा आ आफूलाई मात्रै हेरे भने देश फेरि घुमी फिरीकन मध्यावधितिर जाने त्यो सम्भावना पनि छँदैछ।’

अध्यक्ष ओलीले सत्तारुढ दलहरुबीचको स्वार्थले मुलुक कमजोर बन्ने अवस्थामा पुगेको समेत दोहोर्‍याए। उनले एमालेलाई सिध्याउँछु भन्ने तत्त्वहरू आफैँ समाप्त भएको जिकिर गरे।

प्रकाशित: ९ पुस २०७९ ०९:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App