६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

इलाममा समानुपातिकतर्फ एमाले पहिलो, स्वतन्त्र पार्टी तेस्रोमा

नेकपा (एमाले) ले इलाममा सबैभन्दा बढी मत ल्याएको छ। गत ४ गतेको निर्वाचनमा जिल्लाका दुवै प्रतिनिधिसभा सदस्य र एक प्रदेशसभा सदस्य जितेको एमालेले समानुपातिकतर्फ सबै क्षेत्रमा सर्वाेत्कृष्ट मत ल्याएको हो।

जिल्लाको प्रतिनिधिसभाको समानुपातिकतर्फ एमाले ४७ हजार १ सय २६ मत ल्याएर पहिलो स्थानमा छ। यसमध्ये क्षेत्र १ मा ५६ हजार ९ सय ८९ मत सदर भएकामा एमालेले २० हजार ५ सय ६४ मत ल्याएको छ। क्षेत्र २ मा ६६ हजार ८ सय ८५ मत सदर भएकामा एमालेको २६ हजार ५ सय ६२ मत छ।

जिल्लामा ३८ हजार ७ सय ८३ मतसहित नेपाली कांग्रेस दोस्रो स्थानमा छ। कांग्रेसले क्षेत्र १ मा १६ हजार ४ सय ५० र क्षेत्र २ मा २२ हजार ३ सय ३३ मत ल्याएको छ।

तेस्रो स्थानमा रहँदै नेपाल स्वतन्त्र पार्टीले ९ हजार १ सय ३७ मत ल्याएको छ। चौथो स्थानमा नेकपा (एकीकृत समाजवादी) ले ८ हजार ६ सय ७ र पाँचौं स्थानमा रहँदै नेकपा (माओवादी केन्द्र) ले ६ हजार ८ सय २ मत ल्याएका छन्।

प्रदेशसभातर्फ पनि एमालेको मत सबैभन्दा बढी छ। दोस्रोमा कांग्रेस छ भने तेस्रो स्थानमा नेकपा (एस) र चौथो स्थानमा माओवादी छन्। प्रदेशसभाको समानुपातिकतर्फ जिल्लाका चारै प्रदेश क्षेत्रमा १ लाख २१ हजार ५ सय ४३ मत सदर भएकामा एमालेले ४८ हजार ७ सय ३ मत ल्याएको छ। कांग्रेसको ३९ हजार ५ सय ३९ मत छ। नेकपा (एस) ले ९ हजार ६ सय २७ र माओवादीले ६ हजार ३ सय २३ मत ल्याएका छन्।

जिल्लाको प्रतिनिधिसभातर्फ क्षेत्र १ मा एमालेका महेश बस्नेत र क्षेत्र २ मा एमालेकै सुवासचन्द्र नेम्बाङ विजयी भएका छन्। क्षेत्र १ (१)मा नेकपा (एस)की खिनु लङ्वा लिम्बू, १ (२)मा कांग्रेसका समशेर राई, क्षेत्र २ (१)मा कांग्रेसका गोविन्द गिरी र क्षेत्र २ (२)मा एमालेका रामबहादुर मगर विजयी भएका छन्।

प्रकाशित: १३ मंसिर २०७९ १५:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App