१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

सर्लाही २ मा राजेन्द्र भन्दा महेन्द्र यादव अगाडि

सर्लाही क्षेत्र नम्बर  २ को प्रतिनिधिसभामा  नेपाल समाजवादी पार्टीका उम्मेदवार महिन्द्र राय यादवले मतान्तर बढाएका छन्।  

रायले निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार राजेन्द्र महतो सँग झन्डै दुइ हजार मतले महेन्द्र राय अग्रता कायम गरेका हुन्।  

माओवादी केन्द्रको चुनाव चिन्ह हँसिया हथौडाबाट उम्मेदवारी दिएका रायले २० हजार ७ सय३८ मत प्राप्त गरेका छन भने निकटतम प्रतिद्वन्द्वी लोसपाका उम्मेदवार  महतोले १८ हजार ७ सय ९३ मत प्राप्त गरेका छन्।  

अहिले सम्म सर्लाही क्षेत्र नम्बर  दुइको प्रतिनिधि सभातर्फ ६६ हजार २ सय ३० मत मतगणना भइसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।  

क्षेत्र नम्बर दुइमा एक लाख १६ हजार २ सय २३ मतदाता रहेका छन्। त्यसमध्ये आइतबार सम्पन्न निर्वाचनमा  ७४ हजार १५५ अर्थात ६४।३२ प्रतिशत मत  खसेको जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ।

करिव ८ हजार ५०० भन्दा बढी  मत मात्र गन्न बाँकी रहेको बताएको छ। 

प्रकाशित: १० मंसिर २०७९ ०६:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App