२५ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

बर्दिया १ मा काँग्रेसका गौतम तेस्रो पटक विजयी

मुख्य निर्वाचन अधिकृत कैलाशप्रसाद सुवेदीले संजय गौतमलाई प्रमाण पत्र हस्तान्तरण गर्दै।

बर्दिया प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नंम्बर १ मा नेपाली काँग्रेसका संजय कुमार गौतम तेस्रो पटक विजयी भएका छन्। बाम लोकतान्त्रिक गठबन्धन तर्फका साझा उम्मेदवार बनेका काँग्रेसका गौतम विजयी भएका हुन्।

विकास प्रेमी नेता भएकोले तेस्रो पटक पुनःविजयी भएको आँकलन छ। गौतमको जितको आधार बबई, भादा, औरहि नदी नियन्त्रण व्यबस्थापन आयोजना कार्यालयको स्थापना, जिल्ला अस्पतालको स्तर उन्नति, नमुना नगरपालिका पार्न सफल हुनु जितको आधार भएको हो। जिल्लाको विकासमा खेलेको भूमिकाले गौतम जनतामाँझ लोकप्रिय छन्।

निर्वाचन क्षेत्र नंम्बर १ मा प्रतिनिधिसभा सदस्यका दश जनाउ म्मेदवार रहेका थिए। गौतमले नौ जनालाई पछि पार्दै विजयी भएका छन्। गौतम ४ हजार ४ सय ५६ मतान्तरले विजयी भएका छन्। गौतमले ३० हजार ६ सय ११ मत प्राप्त गरेका छन् भने उनका निकतम प्रतिद्वन्द्वी एमालेका लक्ष्मण राज ज्ञवालीले २६ हजार १ सय ५५ मतप्राप्त गरेका छन्।  

त्यसैगरी नागरिक उन्मुक्ति पार्टीका ठाकुर सिंह थारुले २३ हजार ९ सय ९३ मत पाएका छन्। 

प्रकाशित: ९ मंसिर २०७९ ०९:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App