१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

इलाम १ मा अवरुद्ध मतगणना सुरु

इलाम क्षेत्र नम्बर १ को स्थगित मतगणना गएराति पुनः सुरु भएको छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार रातिदेखि बिहानसम्म समानुपातिकतर्फको गणना भएको छ भने अहिले बिहानदेखि प्रत्यक्षतर्फको गणना सुरु भएको छ।  

प्रत्यक्षतर्फको मतपत्र समानुपातिकको मतपेटिकामा परेको तर सुरुमा प्रत्यक्षको मात्रै गणना गर्दा समानुपातिकको मतपेटिकामा रहेको मतपत्रबारे अन्योल हुने भन्ने विषयमा विवाद उत्पन्न भएको थियो। विवादका कारण बिहीबार दिनभर गणनास्थलमा तनाव सिर्जना भएको थियो।  

अहिलेसम्मको गणनामा समानुपातिकतर्फ प्रतिनिधिसभासभा र प्रदेशसभा दुवैतर्फ नेकपा (एमाले) अग्र स्थानमा छ। प्रतिनिधिसभामा एमालेले ७ हजार ७ सय १० मत ल्याएको छ। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसको ५ हजार ३ सय ७६ मत आएको छ। तेस्रो स्थानमा नेकपा (एकीकृत समाजवादी)ले २ हजार ५ सय ६४ मत ल्याएको छ।  प्रदेशसभातर्फ एमालेको ७ हजार ४ सय ८७ र नेपाली कांग्रेसको ४ हजार ६ सय ६५ मत छ। नेकपा (एस)को १ हजार ९ सय ८१ मत आएको कार्यालयले जनाएको छ।  

केहीबेरदेखि यहाँ प्रत्यक्षतर्फको मतगणना सुरु भएको छ। नेकपा (एस)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालसमेत उम्मेदवार रहेको यो क्षेत्रको मतगणना गत ६ गते रातिदेखि अवरुद्ध थियो। यो निर्वाचन क्षेत्रमा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालसमेत उम्मेदवार छन्।  

त्यतिबेलासम्मको गणनाअनुसार खनाल एमाले उम्मेदवार महेश बस्नेतभन्दा १ हजार ५ सय ७ मतान्तरले पछि छन्।। २३ हजार ८ सय ६५ मत गणना सकिँदा बस्नेतको १० हजार २ सय ८७ र खनालको ८ हजार ७ सय ८० मत आएको छ। क्षेत्र १ प्रतिनिधिसभामा १ लाख ९ हजार ५ सय ३५ मतदाता रहेकामा ५९ हजार १ सय ३६ मत खसेको छ।

प्रकाशित: ९ मंसिर २०७९ ०२:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App