coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कर्णाली र प्रदेश १ का निःवर्तमान सभामुखले गरे मतदान

निःवर्तमान कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले मतदान गरेका छन्।  सभामुख शाहीले आफ्नै गृहपालिका दैलेखको ठाटीकाँध गाउँपालिका वडा नम्बर ६ को पाँचला मा.वि. अंगल डाँडामा पुगेर मतदान गरेका हुन्। 

२०७४ मा दैलेख निर्वाचन क्षेत्र २ (ख) बाट उनी प्रदेश सभा सदस्यमा विजयी भएका थिए। मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले निर्वाचन विगतभन्दा उत्साहपूर्ण रहेको प्रतिक्रिया दिए। त्यस्तै प्रदेश १ का निःवर्तमा सभामुख प्रदीपकुमार भण्डारीले पनिमतदान गरेका छन्। 

उनले प्रदेश १ को धरान वडा नम्बर १३ को लोटस माध्यामिक विद्यालयस्थित निर्वाचन केन्द्रबाट मतदान गरेका हुन्। मतदानपछि बोल्दै उहाँले निर्वाचनमा सबैले मतदान गर्न आवश्यक रहेको बताए। उनले देशको भविष्यलाई मजबुत र राम्रो बनाउन नेतृत्व चयन गर्न पछि पर्नु नहुने बताए। 

प्रकाशित: ४ मंसिर २०७९ ०८:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App