२५ फाल्गुन २०८२ सोमबार
image/svg+xml
खेल

पावरप्ले सकिँदा नेपालको स्कोर ४५/२

युएईविरुद्धको टी-२० विश्वकप वार्म-अप खेलमा १४६ रनको लक्ष्य पछ्याइरहेको नेपालले पावरप्लेमा मिश्रित प्रदर्शन गरेको छ। खराब सुरुवातका बाबजुद नेपालले इनिङ्स सम्हाल्ने प्रयास गरिरहेको छ।

ताजा अवस्थामा ६.४ ओभरको खेल सकिँदा नेपालले २ विकेट गुमाएर ४५ रन बनाएको छ।

सुरुवाती १८ रनभित्रै दुवै ओपनर कुशल भुर्तेल र आसिफ शेखलाई गुमाएर दबाबमा परेको नेपाली टोलीलाई अहिले कप्तान रोहित पौडेल र दिपेन्द्र सिंह ऐरीले अघि बढाइरहेका छन्।

अहिले क्रिजमा रहेका कप्तान रोहित पौडेलले १८ बलमा १ चौकासहित १६ रन बनाएका छन् भने दिपेन्द्र सिंह ऐरीले ७ बलमा १ चौका प्रहार गर्दै १० रन बनाएर खेलिरहेका छन्।

यी दुईबीच तेस्रो विकेटका लागि २७ रनको साझेदारी भइसकेको छ।

प्रकाशित: २० माघ २०८२ १९:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App