३ फाल्गुन २०८२ आइतबार
image/svg+xml
खेल

विश्वकप वार्म-अप: रन आउट भए आसिफ शेख

आइसीसी टी-२० विश्वकप वार्म-अप खेलमा १४६ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले निकै खराब सुरुवात गरेको छ। पावरप्ले नसकिँदै नेपालले आफ्ना दुवै ओपनर गुमाएको छ।

कुशल भुर्तेल आउट भएको केही बेरमै अर्का ओपनर तथा विकेटकिपर आसिफ शेख पनि पेभेलियन फर्किएका छन्। इनिङ्सको ३.२ ओभरमा टिमको स्कोर १८ रन हुँदा आसिफ रन आउटको सिकार भए।

आक्रामक सट खेल्ने प्रयासमा रहेका आसिफले ६ बलको सामना गर्दै १ छक्काको मद्दतमा ८ रन बनाए। उनलाई युएईका हर्षित कौशिकले रन आउट गराएका हुन्।

यसअघि अर्का ओपनर कुशल भुर्तेल पनि ८ रन बनाएर आउट भइसकेका छन्। दुवै ओपनर सस्तैमा समेटिएपछि नेपाल दबाबमा परेको छ।

प्रकाशित: २० माघ २०८२ १९:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App