आइसीसी टी–२० विश्वकपको वार्म-अप खेलमा युएईविरुद्ध १४६ रनको लक्ष्य पछ्याएको नेपालले खराब सुरुवात गरेको छ।
जवाफी ब्याटिङमा उत्रिएको नेपालले दोस्रो ओभरमै ओपनर कुशल भुर्तेललाई गुमाएको हो।
चेन्नाईस्थित एमए चिदम्बरम स्टेडियममा भइरहेको खेलमा भुर्तेल व्यक्तिगत ८ रन बनाएर पेभेलियन फर्किएका छन्।
इनिङ्सको १.४ ओभरमा युएईका बलर मोहम्मद रोहिदले उनलाई विकेटकिपर अर्यान्श शर्माको हातबाट क्याच आउट गराए।
भुर्तेलले ९ बलको सामना गर्दै १ चौका प्रहार गरे। यसअघि टस हारेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४५ रन बनाएको थियो।
प्रकाशित: २० माघ २०८२ १९:२० मंगलबार





