२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

इलाममा एमालेका दुवै क्षेत्रका उम्मेदवारले गरे एउटै केन्द्रबाट मतदान

इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसको मतदान केन्द्रमा मतदान गर्दै क्रमसः प्रतिनिधिसभा क्षेत्र २ का एमाले उम्मेदवार सुवासचन्द्र नेम्बाङ, क्षेत्र २ का एमाले उम्मेदवार महेश बस्नेत र क्षेत्र २ का कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्का। तस्बिर: नागरिक

नेकपा (एमाले)बाट चुनावी प्रतिस्पर्धाका रहेका इलामका दुवै प्रतिनिधिसभा क्षेत्रका उम्मेदवारले एउटै केन्द्रबाट मतदान गरेका छन्। क्षेत्र १ का उम्मेदवार तथा एमाले जिल्ला अध्यक्ष महेश बस्नेत र क्षेत्र २ का उम्मेदवार सुवासचन्द्र नेम्बाङले सदरमुकामको महेन्द्ररत्न बहुमुखी क्याम्पस केन्द्रबाटै मतदान गरेका हुन्।  

 नेम्बाङ र बस्नेत दुवैको घर सदरमुकाम नै भएकाले उहीहरूले एउटै केन्द्रबाट मतदान गरेका हुन्। गठबन्धनबाट इलाम क्षेत्र २ को उम्मेदवार बनेका नेपाली कांग्रेस जिल्ला सभापति डम्बरबहादुर खड्काले पनि यही केन्द्रबाट मतदान गरेका छन्। खड्काको घर पनि इलाम सदरमुकाममै पर्छ।

उम्मेदवार बस्नेतले मतदानपछि देश लोकतन्त्रको बाटोमा अघि बढेको बताए। पहिलोपटक प्रतिनिधिसभा निर्वाचनमा भाग लिएका उनले संविधान बनेपछि दोस्रोपटक प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन भइरहनुले नागरिकको मतदानको हक प्रत्याभूत भएको बताए। ‘हामीले देखेको समृद्ध नेपाल–सुखी नेपालीको सपना लोकतन्त्रका माध्यमबाट प्राप्त गर्न आवधिक निर्वाचन महत्वपूर्ण छ,’ उनले भने, ‘नेपालीको यो सपना साकार हुनेमा विश्वास बढेको छ।’

मतदानपछि उम्मेदवार खड्काले आजको निर्वाचनपछि आउने सरकारले देशमा आमूूल परिवर्तन ल्याउनेमा आफू विश्वस्त भएको बताए। ‘संविधान रक्षा र समृद्ध नेपाल निर्माणमा आजको मतदानले सघाउने छ,’ पहिलो पटक प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका खड्काले भने।

प्रकाशित: ४ मंसिर २०७९ ०४:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App