१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

रोल्पामा मतदानस्थल बनाउँदै कर्मचारी (तस्बिरहरु)

रोल्पामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सबै तयारी करिब करिब सकिएको छ। निर्वाचन गराउनका लागि मतदान स्थलमा खटाइएका कर्मचारी र सुरक्षाकर्मी पुगेर मतदानस्थल बनाउने काममा कर्मचारी व्यस्त बनेका छन्।

रोल्पाका प्रत्येक मतदान केन्द्रमा ८ जनाका दरले कर्मचारी खटिएका छन्। जस मध्ये एकजना मतदान अधिकृत, एकजना सहायक मतदान अधिकृत र ५ जना सहायक कर्मचारी र १ जना सहयोगी रहेका छन्।  

मतदान सकिएपछि मतपेटिकालाई सुरक्षित रुपमा गणनास्थलमा ल्याउने र गणना थाल्नका लागि पनि तयारी भइसकेको प्रमुख जिल्ला अधिकारी नबराज सापकोटाले बताए। मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधि सभाका लागि रोल्पामा तय भएका ८६ मध्ये ३१ मतदानस्थल अति संवेदनशीलको सूचीमा परेका छन्। जिल्लाका ४२ मतदान स्थल संवेदनशील र १३ मतदान स्थल सामान्य रहेको एक सुरक्षा अधिकारीले बताए।  

थबाङ गाउँपालिकाका तीन, रोल्पा नगरपालिकाका दुई, त्रिवेणी र माडी गाउँपालिकाका एक÷एक, रुन्टीगढी गाउँपालिकाका ६, परिवर्तन गाउँपालिकाका दुई, गंगादेव गाउँपालिकाका ६, सुनछहरी गाउँपालिकाका पाँच र लुंग्री गाउँपालिकाका पाँच मतदान केन्द्रलाई सुरक्षाका कारण अति संवेदनशील मानिएको हो। जिल्लाका मतदान स्थलको पहिलो घेरामा जनपद प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनालाई राखिएको छ।

प्रकाशित: ३ मंसिर २०७९ १२:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App