नेकपा एमालेको सचिवालय बैठक करिब १० घण्टापछि मध्यरातमा सकिएको छ।
पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा दिउँसो २ बजे सुरु भएको बैठक राति अबेर सम्पन्न भएको हो।
बैठकको मुख्य एजेन्डा आगामी विधान महाधिवेशन र त्यसको तयारीबारे छलफल गर्नु रहेको थियो।
यद्यपि, यो बैठक पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा फर्कने घोषणा गरेपछिको पहिलो सचिवालय बैठक भएकाले यसलाई विशेष चासोका साथ हेरिएको थियो।
बैठकको सुरुमै अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूले भण्डारीको राजनीतिक भविष्य र पार्टीमा उनको भूमिकाबारे चासो राख्दै छलफल गरेका थिए।
विधान महाधिवेशनको तयारी र भण्डारीको राजनीतिक पुनरागमनजस्ता महत्त्वपूर्ण विषयमा लामो र गम्भीर छलफल हुँदा बैठक मध्यरातसम्म लम्बिएको निकट स्रोत बताउँछ।
प्रकाशित: १ श्रावण २०८२ २३:५० बिहीबार


-600x400.jpg)


