नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनस्थल भृकुटीमण्डपमा चुनावी रौनक छाएको छ। उम्मेदवार र समर्थकहरू साना-साना समूह बनाएर मत माग्दै प्रदर्शन गरिरहेका छन्।
एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ। त्यसअघि विभिन्न उम्मेदवार र तिनका समर्थकहरू प्रचारमा व्यस्त छन्। महाधिवेशनस्थलमा गायिका ज्योति मगरसहित समर्थकले मत मागेका छन्।

