उपत्यकामा एक साता मनाइने इन्द्रजात्राको अवसरमा हरेक दिन बेलुका श्वेत भैरवको मुखबाट प्रसाद ग्रहण गरिन्छ। जात्रा नसकिँदासम्म हरेक दिन बेलुकी श्वेत भैरवको प्रसाद स्वरुप जाँड र समयबजी खुवाइने प्रचलन छ।
बिहीबार श्वेत भैरवको प्रसाद ग्रहण गर्न पुरुषहरुको ठूलै भीड लागेको थियो। श्वेत भैरवको मूर्तिको मुखमा जोडिएको पाइपबाट प्रसाद बाँडिएको थियो। यसलाई नेपालभाषामा हाथु हायेकिगु भनिन्छ।
प्रकाशित: २४ भाद्र २०७९ ०७:३५ शुक्रबार