७ वैशाख २०८१ शुक्रबार
फोटो फिचर

पोखरामा ल्होसार रमझम

पोखरामा बुधबार तमु ल्होसार मनाउन भेला भएका युवती सेल्फी खिच्दै । तस्बिरः उमेश पुन÷नागरिक

मुसा वर्गको विदाइ गरि गाई वर्गको स्वागत गर्दै पोखरामा तमु ल्होसार पर्व मनाइएको छ । गुरुङ संस्कृती अनुसारको भेषभुषा लगाइ गुरुङहरुले तमु ल्होसार मनाउने गर्दछन् । 

पहिले पहिले पुरुषहरु वनमा गई वन तरुल खोजेर ल्याउने र महिलाहरुले सेलरोटी तथा विभिन्न परिकारहरु बनाएर मनाउने गरेपनि सहर बजारमा भने गुम्बामा भेला भइ यो महोत्सव मनाउने गरेको बौद्ध अर्घौ सदन गुम्बा रामघाटका अध्यक्ष भुवन सिंह गुरुङले बताए । 

तमुहरुले हरेक वर्ष पुस १५ मा ल्होसार अर्थात नयाँ वर्षको रुपमा समेत मनाउने गर्दछन । ल्होसारमा तमु समुदायले आफन्त र इष्टमित्रलाई घरमै बोलाएर खुवाउने चलन छ ।

 पोखरामा सधैंजसो भव्यताका साथ यो पर्व मनाउने गरेको भएपनि यो पटक कोरोनाका कारण अघिल्ला वर्षजस्तो रमझम नगरिएको गुरुङले बताए ।

विहीबार तमु धींमा ल्होसार विषेश कार्यक्रम गर्ने आयोजकको तयारी छ  

प्रकाशित: १५ पुस २०७७ १०:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App