२८ माघ २०८२ बुधबार
image/svg+xml
कला/साहित्य

‘पेन्सन पट्टा’ को छायांकन ३३ दिनमा प्याकअप

चरित्र अभिनेता माओत्से गुरुङको निर्देशनमा निर्माण भएको सिनेमा ‘पेन्सन पट्टा’ को सम्पूर्ण छायांकन प्याकअप भएको छ। कास्कीस्थित एक रिसोर्टमा ३३ दिनमा सिनेमाको इन्डक्लयाप गरिएको हो। यी दिनमा गाह्रोअफ्ठरो नभनी रात दिन छायांकनमा खट्ने सम्पूर्ण सहयोगी प्राविधिकलाई आभार प्रकट गर्दै निर्देशक गुरुङले छायांकन सकिएको जानकारी दिए।

हालसम्म सिनेमाको प्रदर्शन मिति घोषणा गरिएको छैन्। ‘अबको केही दिनमा पोष्ट प्रोडक्सनको काम सुरु हुनेछ। त्यसमा कति समय लाग्छ। सोहीअनुसार हामी सिनेमाको रिलिज मिति घोषणा गनेछौं,’ निर्देशक गुरुङले अगाडि भने, ‘हामी दर्शकलाई एक सुन्दर सिनेमा देखाउन चाहन्छौं। सोहीअनुरूप कुनै पनि कम्प्रमाइज नगरी काम गर्दा कति समय लाग्छ हेरम।’

गुरुङ सिनेमाका ‘गडफादर’का रूपमा परिचित माओत्से गुरुङको पनि लगानी रहने सिनेमामा दयाहाङ राई, सुनिल थापा, पशुपति राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सन विक्रम राई, सुनिल थापा, राज थापा काउछा, लुनिभा तुलाधर, विश्वास गुरुङ, माया गुरुङ, यासिली राई लगायतका कालाकारको अभिनय छ।

यो सिनेमाको शीर्षकबाट भूतपूर्व लाहुरेको कथा जस्तो लागे पनि लोभी केटा कसरी दानी बन्छ भन्ने देखाउने निर्देशक तथा निर्माता गुरुङ बताउँछन्।

माओत्से गुरुङ फिल्मस्को ब्यानरमा निर्माण हुने सिनेमाको कथा पनि निर्देशक गुरुङले नै लेखेका हुन्।

मीन कोन्मे गुरुङ (सिकलेस), भोजबहादुर गुरुङ (युके) र सपना गुरुङको लगानी रहने सिनेमाका प्रोडक्सन म्यानेजरमा डिबी गुरुङ हुन्। सुशन प्रजापतिले खिच्ने सिनेमाको कास्टिङ डिरेक्टर सुरज तमु र संगीत झुमा लिम्बु, मनोज थापा मगर र शिव बराइलीले तयार पारिरहेका छन्।

निर्देशक माओत्से गुरुङको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘दयारानी’ बक्स अफिसमा हिट भएको थियो। चरित्र अभिनेतामा पहिलो रोजाइका कलाकार समेत रहेका उनी पछिल्लो समय लेखन तथा निर्देशनमा पनि सक्रिय छन्।

उनले यसअघि गुरुङ भाषाका सिनेमा निर्देशन गर्दै आएका थिए। माओत्से कलाकार तथा निर्देशकसँगै निर्माता पनि हुन्।

यो सिनेमालाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले देशव्यापी वितरण गर्नेछ।

प्रकाशित: ८ माघ २०८२ १०:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App