९ फाल्गुन २०८२ शनिबार
image/svg+xml
खेल

नेपाललाई नेदरल्यान्डले दियाे १४१ रनकाे लक्ष्य

महिला टी-२० विश्वकप ग्लोबल छनोट

काठमाडौंमा जारी महिला टी-२० विश्वकप ग्लोबल छनोट अन्तर्गत खेलमा घरेलु टोली नेपाललाई नेदरल्यान्डले १४१ रनकाे लक्ष्य दिएकाे छ।

बिहीबार त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ राेजेकाे नेदरल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १४० रन बनायाे। नेदरल्यान्डका लागि कप्तान बाबेट डे लीडेले सर्वाधिक ४९ रन बनाइन्। उनले ४७ बलकाे सामना गरेकी थिइन्।

त्यस्तै, नेदरल्यान्डकी ओपनर फेबे मोल्केनबोर शन्यू रनमा आउट हुँदा अर्का ओपनर हेदर सिगर्सले १३ रन जोडिन्।

नेपालकाा लागि रुबिना क्षेत्रीले २ विकेट लिइन् भने साेमु बिष्ट, पूजा महतो र रिया शर्माले समान १-१ विकेट लिए।

यो सँगै नेपाल आज पहिलाे जितकाे खाेजीमा छ।

प्रकाशित: ८ माघ २०८२ १०:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App