यसअघि यो जेलमा गायक आर केली, ‘फार्मा ब्रो’ मार्टिन श्क्रेली, घिसलेन म्याक्सवेल, साम बैंकम्यान-फ्राइड र सीन ‘डिडी’ कम्ब्सजस्ता हाईप्रोफाइल कैदी राखिएका थिए। लागूऔषध कार्टेल नेता इस्माइल ‘एल मेयो’ जाम्बाडा पनि यहाँ राखिएका थिए।
उनले भेनेजुएलामा भएको अमेरिकी हस्तक्षेप र राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिइएको भनिएको घटनाले अन्तर्राष्ट्रिय कानुन, राष्ट्रिय सार्वभौमिकता र लोकतान्त्रिक मूल्यहरूमाथि गम्भीर प्रश्न उठाएको समेत जिकिर गरे।
शनिबार अमेरिकाले भेनेजुएलाको राजधानी काराकससहित देशभर ठूलो सैन्य कारबाही गरेको थियो। त्यसमा १५० भन्दा बढी विमान, नौसेना, ड्रोन र गोप्य एजेन्सीहरू समावेश थिए।