
समाज
मानव अधिकार तथा शान्ति समाजले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न शीर्ष नेतासहित मूल दोषीहरूलाई कारबाही गर भन्ने आह्वानसहित संसद् भवन अगाडि प्रदर्शन गरेको छ।
समाजले बिहीबार संघीय संसद् भवनको ३ नम्बर गेटमा रहेको पानी ट्याङ्की अगाडि प्रदर्शन गरेको हो।
समाजले सार्वभौम संसद्ले भ्रष्ट नेतालाई कारबाही गरोस्, सार्वभौम संसद् भ्रष्टाचारीको संरक्षण गर्ने थलो नबनोस्, भन्ने नारा सहित प्रदर्शन गरेको हो।
नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतमा थुनछेक बहस जारी रहेको छ।




