७ वैशाख २०८१ शुक्रबार
फोटो फिचर

साझाको बिजुली बसमा चढेर कार्यक्रममा सहभागी भइन राष्‍ट्रपति भण्डारी (फोटोफिचर)

राष्ट्रपति विद्यादेवी भण्डारीले साझा यातायातको बिजुली बसमा यात्रा गरी कार्यक्रममा सहभागी भएकी छिन्।  

शनिबार ललितपुरको पिम्बहालमा आयोजित कार्यक्रममा सहभागी हुन उनी साझा बस चढेकी हुन्।  

उनलाई लिन साझा बस महाराजगन्जस्थित राष्ट्रपति भवन शितल निवासमा पुगेको थियो। उनी त्यहाँबाट ललितपुरको पाटन ढोका बसपार्कमा ओर्लिएकी थिइन्।  

उनलाई ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले स्वागत गरेका थिए। त्यसलगत्तै उनले पाटन ढोकामा रहेको मदन पुस्तकालयको अवलोकन समेत गरेकी छन्। उक्त पुस्तकालयको अवलोकन पछी उनी कार्यक्रममा सहभागी भएकी हुन्।

तस्बिरः विजय राई/ नागरीक

तस्बिरहरू

प्रकाशित: २३ पुस २०७९ ०९:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App