१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
फोटो फिचर

राहदानी विभागमा जाडो नभनि घण्टाै लाइनमा बस्दै सेवाग्राही (फोटोफिचर)

विदेश जान लिनै पर्ने राहदानी (पासपोट) को सेवा लिन सेवा ग्राहीहरु घण्टौं लाइनमा बस्नुपर्ने बाध्यता अझै पनि हटेको छैन।  

बिहीबार बिहान त्रिपुरेश्वरस्थित विभागको कार्यालय अगाडि देखिएको सेवाग्राहीको लाइनले यही कुरा पुष्टि गर्छ कि राहादानी लिन लाइनमा बस्नु पर्ने बाध्यता सधैँ यस्तै हो।

गोरखा भच्चेकका सरोज तामाङ भन्छन् बिहान ४ बजे आइयो तर पालो १ बजेको रहेछ अब अझ ४ ५ घण्टा त कुर्नै पर्ने भयो। उनी बैदेशिक रोजगारीका लागि मलेसिया जान दुइ दिन  अघि देखि काठमाडौँको एक होटलमा बसेर राहादानी बनाउन विभागको कार्यालय त्रिपुरेश्वर  पुगेका हुन् । त्यसै गरि कार्भे कि सिता नगरकोटी आफ्नो सानो बच्चा साथमा लिएर विदेश जानको लागि राहादानी बनाउन सबेरै लाइन लाग्न आएको बताउँछिन्। तर उनलाई राहादानी लिन के गर्नु पर्छ केहि थाहा छैन बस उनी लाइनमा बसेकी छिन्।  

ओखलढुृङगाका सन्तोष तिम्सीना भन्छन् राहादानी नविकरणको लागि बिहानै ३ बजे देखि नै भक्तपुरबाट आएको हु। बिहाननै आएकाे कुरा भएन राहादानी पाए खुस हुन्थीए। तर यहाँ त आफ्नो फारममा भरिएको समय अनुसार आउँदा सिँधै पस्न पाउँने रहेछ थाहा नै भएन त्यसैले छिटो आइयो दुख पाए।

सेवाग्राहीहरुले  छिटो पालो पाउने आसमा आफ्नो फारम अनुसारको पाले हेर्ने नजान्दा र झिसमिसेमै लाइनमा बसन आइपुग्छन्।  पुसको जाडोमा सेवाग्राहीहरु झिसमिसेमै लाइनमा बसेको देखिन्थ्यो।  

सेवाग्राहीलाई सहज होस् भनेर राहदानी विभागले अनलाइनबाट समेत सेवा दिंदै आएको छ। तर सेवाग्राहीले नबुझेकै कारण लाइन लाग्ने बाध्यता अझै हटेको छैन।

राहदानी विभागले पुस ५ गतेदेखि अपराह्न साढे ३ बजेदेखि अनलाइन आवेदनका लागि बुकिङ सुरु गर्ने समय निर्धारण गरेको छ। यसअघि दैनिक ११ बजेदेखि बुकिङ सुरु हुन्थ्यो।

प्रायजसो जिल्ला र इलाका प्रशासन कार्यालयहरु पनि ११ बजेदेखि नै बुकिङ खुलाउँदा विभागको सर्भरमा अत्यधिक चाप परेर वेबसाइट नै नखुल्ने समस्या भएपछि समय हेरफेर गरेको विभागले जनाएको छ।

खुशी 0%
दुखी 40%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 60%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App