विश्व इतिहासमा आजको दिनमा विभिन्न महत्वपूर्ण घटनाहरू भएका छन्। जसमा ऐतिहासिक सन्धिसहित विश्वमा प्रभाव पार्न सफल व्यक्तिहरूको जन्मसम्मको दिन रहेको छ।
फ्रान्सेली साहित्यकार फ्लाउबर्टको जन्म जयन्ती:
सन् १८२१ को डिसेम्बर १२ मा फ्रान्सेली साहित्यकार लेखक गुस्ताभ फ्लाउबर्टको जन्म भएको थियो। उनलाई फ्रान्सेली साहित्यको यथार्थवादी विद्यालयका रूपमा मानिन्छ।
फ्लाउबर्टको लेखन शैली उनको भावनात्मक तटस्थता, शब्दहरूको सटीक प्रयोग र मानव मनोविज्ञानको गहिरो चित्रणका लागि प्रख्यात छ।
फ्लाउबर्टको साहित्यिक करियरको शिखर मानिने उपन्यास ‘म्याडम बोभारी’ सन् १८५६ मा प्रकाशित भएको थियो।
फ्लाउबर्टको जन्म जयन्तीको अवसरमा विश्वभरका साहित्य प्रेमीहरूले उनको विरासत र आधुनिक उपन्यासको विकासमा उनको अपरिहार्य योगदानको स्मरण गर्ने गरेका छन्।
‘क्याच २२’ का लेखक जोसेफ हेलरको निधनः
सन् १९९९ को डिसेम्बर १२ मा विश्व साहित्यले दोस्रो विश्वयुद्धपछिको सबैभन्दा महत्त्वपूर्ण व्यंग्यात्मक उपन्यासका लेखक जोसेफ हेलरलाई गुमाएको थियो। उनको ७६ वर्षको उमेरमा निधन भएको थियो।
हेलरको आफ्नो उत्कृष्ट कृति ‘क्याच २२’ सन् १९६१ आएको थियो। उक्त उपन्यास दोस्रो विश्वयुद्धको पृष्ठभूमिमा आधारित भए पनि युद्धको निरर्थकता, सैन्य तन्त्रको बेतुकी नियम र नौकरशाहीको पागलपनमाथि गरिएको व्यंग्य समावेश थियो।
दोस्रो विश्वयुद्धमा स्वयं वायुसेनाका बमवर्षक पाइलटको रूपमा सेवा गरेका हेलरले आफ्ना अनुभवहरूलाई उक्त उपन्यासमा उतारेका थिए।
चियाङ काई शेकलाई अपहरण:
सन् १९३६ को डिसेम्बर १२ मा चीनको राजनीतिक इतिहासमा एउटा यस्तो मोड मोड आयो जहाँ तत्कालीन चिनियाँ राष्ट्रवादी सरकारका नेता चियाङ काई शेकलाई आफ्नै शक्तिशाली सैन्य कमान्डरले सियानमा कब्जा गरेका थिए। जसको उद्देश्य चियाङ काई शेकलाई जापान विरुद्धको युद्धमा प्राथमिकता दिन दबाब दिनु थियो।
२००० अमेरिकी चुनावको अन्त्य:
सन् २००० को डिसेम्बर १२ मा संयुक्त राज्य अमेरिकाको सर्वोच्च अदालतले ऐतिहासिक र विवादास्पद फैसला सुनाएको थियो। सन् २००० को अमेरिकी राष्ट्रपति चुनावलाई अन्त्य गरिदिएको थियो। फ्लोरिडा राज्यमा भएको मत गणनाको परिणाममा अत्यन्तै झिनो मतान्तर भएपछि तत्कालीन उपराष्ट्रपतिका उम्मेदवार अल गोर र रिपब्लिकन उम्मेदवार जर्ज डब्लु बुशबीच कानुनी लडाइँ चलेको थियो। उक्त लडाइँपछि अदालतले फ्लोरिडामा मत गणना रोक्न आदेश दिएको थियो। जसले गर्दा जर्ज डब्लु बुशले फ्लोरिडाको चुनावीसँगै अमेरिकाको ४३औँ राष्ट्रपति घोषिणा गरियो।
ऐतिहासिक पेरिस जलवायु सम्झौता:
सन् २०१५ को डिसेम्बर १२ मा विश्व इतिहासकै सबैभन्दा महत्त्वपूर्ण वातावरणीय सम्झौता भएको थियो। संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन अन्तर्गत फ्रान्सको पेरिसमा १९५ देशहरूको सहमतिमा हरितगृह ग्यास उत्सर्जनलाई सीमित गर्न र विश्वव्यापी तापक्रम वृद्धि नियन्त्रण गर्नका सम्झौता गरिएको थियो।
सम्झौतामा हस्ताक्षर भएको दश वर्षपछि पनि जलवायु परिवर्तनका प्रभावहरू विश्वभर तीव्र रूपमा छन्। यद्यपि पेरिस सम्झौताले विश्वव्यापी रूपमा नवीकरणीय ऊर्जामा संक्रमण र जलवायु लचिलोपन निर्माणमा काम गरेको छ।
प्रकाशित: २६ मंसिर २०८२ ०७:३७ शुक्रबार





