२७ मंसिर २०८२ शनिबार
image/svg+xml
समाज

डेरी जाँदै गर्दा हात्तीको आक्रमण, एक जनाको मृत्यु

हात्तीको आक्रमणबाट मोरङको सुन्दरहरैचामा एक जनाको मृत्यु भएको छ। सुन्दरहरैचा नगरपालिका–१२ बिराटचोकका ६० वर्षीय भवकृष्ण घिमिरेको घटनस्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरीक्षक राजीव गिरीका अनुसार घिमिरे दूध बिक्रीका लागि स्थानीय डेरीमा जाने क्रममा जंगली हात्तीको आक्रमणमा परेका थिए।

आज बिहान करिब ६ः३० बजे बिराटचोकस्थित बस्तीको बिचमै घिमिरेलाई आक्रमण गरेको थियो। रासस

प्रकाशित: २७ मंसिर २०८२ ०९:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App