७ माघ २०८२ बुधबार
image/svg+xml
अन्य

भारतीय गाडी र अवैध समानसहित दुई तस्कर पक्राउ

रौतहट– रौतहट प्रहरीले भारतीय नम्बरको गाडी र त्यसमा भन्सार छली ल्याइराखेको समानसहित दुई तस्करलाई पक्राउ गरेको छ।

pakrau1.jpg

तस्करीका सामानसहित संजय यादव दाहिने र सुरेश यादव बाँया इलाका प्रहरी कार्यालय गरुडामा सार्वजनिक गरिँदै। तस्बिरः मदन ठाकुर

पक्राउ पर्नेमा सितलपुर बैरगनियाका ३२ वर्षीय संजय यादव भन्ने अनिरुद्धप्रसाद यादव र कोपवा पिपरिया ४ का २६ वर्र्षीय सुरेश यादवलाई नियन्त्रणमा लिएको रौतहट प्रहरीका प्रवक्ता डिएसपी राजेन्द्र पोखरेलले बताए । भारतीय चोरीको सेन्ट्रो कार डिएल ४ सिजे १८७२ नम्बरको गाडीभित्र दुईवटा पोकामा लुकाएर भारतीय रेडिमेड कपडाहरु अवैध तरिकाले ल्याइरहेको अवस्थामा इलाका प्रहरी कार्यालय गरुडाको टोलीले जिगडिया चौकबाट पक्राउ गरेको हो।

भारतीय बजारबाट राजष्व छलेर अवैध रुपमा नेपाल भित्रयाएका कपडा जिल्लाको उत्तरी भेगमा पर्ने चन्द्रनिगाहपुर बजारतर्फ गइरहेको अवस्थामा बुधवार बिहान करिव साढे छ लाख रुपैयाँ बराबरको कपडा सहित दुई तस्करलाई पक्राउ गरेको प्रहरी प्रवक्ता डिएसपी पोखरेलले बताए।

भारतीय नम्वर प्लेट भएको सेन्ट्रो कारको साढे ५ लाख र कपडाको ८० हजार गरी ६ लाख ३० हजार मूल्याङ्कन गरी दुई व्यक्तिसहित उक्त सामानहरुलाई आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको डिएसपी पोखरेलले बताए।

यसैगरी फागुन महिनामा कुख्यात तस्कर संजय भनिने अनिरुद्ध यादवको नेपाल प्रहरी र सशस्त्र प्रहरीले भारतीय नम्बर प्लेटको दुई वटा बोलेरो पिकअप भ्यानमा करिव ५० लाख रुपैयाँभन्दा बढी मल्याङ्कन गरी आवशयक कारवाहीको लागि राजस्व कार्यालयमा बुझाएको जानकारी पोखरेलले दिए।


प्रकाशित: २६ फाल्गुन २०७२ ०७:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App