१८ कार्तिक २०८२ मंगलबार
image/svg+xml २१:२६ अपराह्न
अन्य

चित्लाङ घुमेर हेर्दा

माघको चिसो बिहान पानी दर्केर जाने नजाने अन्यौल हुदाँहुदै हाम्रो यात्रा तय भयो । सबै बसपार्कमा जम्मा भयौं । सिर्जना कलेज अफ फाइनआर्ट कलेजका १३ विद्यार्थी साथी र हाम्रा शिक्षक देवेन्द्र पाण्डे ।


शिक्षक पाण्डेको योजना अनुसार थानकोट गोदामबाट जिप रिजर्भ गरेर चित्लाङ लाग्यौं । सिमसिम पानी परेर यात्रामा केहि अवरोध भए पनि सबै उत्साहि थियौ । फोटो खिच्दाखिच्दै चन्द्रागिरी भञ्ज्याङमा पुगेर चिया खाँदाको आनन्द वर्णन गरेर साध्य छैन ।

त्यहाँबाट बन्दै गरेको केबुलकारको टप स्टेशन पनि देख्यौ । एकछिन पानीमा भिज्यौ । फोटो खिच्यौ र गाडीमा ओरालो झ¥यौं । ट्राउट फर्ममा पुगेपछि हिँडेर जाने निधो भयो । त्यहाँको हरियाली लोभ लाग्दो थियो । हामीलाई त स्वर्ग पुगे झंै लाग्यो ।

हामी ढुंगाले छापेको बाटो हुँदै गएर ट्राउट फार्म पनि हेर्यौं । सरले भनेका कुरा हामीले ध्यान पुर्वक सुन्यौं, गुर्जुधाराको चिसो पानी खाएर महाकवि लक्ष्मी प्रसाद देवकोटाले त्यहिँ बसेर यात्री कविता लेखेका रहेछन् ।

हामी मध्यान्हमा सामुदायिक चित्लाङ होमस्टे भिलेजको कार्यालय पुग्यौं । होमस्टेका अध्यक्ष राधाकृष्ण बस्नेत लगायतले हामीलाई टिका र खादा लगाएर स्वागत गर्दा हामीमा खुशीको सिमा थिएन । सबैको चिनापर्ची कार्यक्रम भयो । हामी रोल्पा देखि लिएर सिन्धुपाल्चोक, धादिङ, धरान आदिका थियौं । हामीलाई खादा र रातो चामलको टिकाले स्वागत हुँदा सम्मानित भएको अनुभव भयो ।

त्यसपछि हामी बस्नेतको चन्द«ागिरी होमस्टेमा गयौं । आ–आफ्ना कोठामा सामान विसायौं । खाना खायौं । चरेशको थालमा लोकल चामलको भात, रायोको साग, काउलीको तरकारी, फर्सीको तरकारी, कालो दाल, कुखुराको मासु, गुन्द्रूकको अचार दही घयू आदि । चित्लाङको प्रख्यात मुला र भूई स्याउ पनि चाख्न पाइयो ।

कुरा गर्दै जाँदा होम स्टेको अवधारणा भनेको त्यहीको परिवार सगंै बसेर सगैं खाना खाने, बस्ने, रीतितिथि बुझने मौका रहेछ । चित्लाङमा खासगरि नेवार, क्षेत्री, ठकुरी, तामाङ आदिको बसोवास छ । चित्लाङ नेवार परम्पराका लागि धनि छ । १२ बर्षे नृत्य, भैरव जात्रा, खड्ग जात्रा र गोदावरी मेलाका लागि प्रसिद्ध भएको थाहा पायौ । भौगोलिक विविधता र प्राकृतिक सुन्दरता त्यहा"का बिशेषता । त्यही भएर यस सानो हरियाली उपत्यकालाई भुटानको उपत्यका संगै दाँज्ने गरिन्छ ।

केही समय आराम पछि हामी ठुलो चौर नास्पाती फार्मतिर के पुगेका थियौ सबै साथी धमाधम फोटो लिन थालिहाले । यो मौसममा रुखका पात झरेर उजाड देखिए नि यति सुन्दर देखिएको थियो कि म त मन्त्र मुग्धै भए— नेपालमा काठमाडौ नजिकै यति सुन्दर ठाउ" नि रहेछ !

म त पुतली झै उड्न खोज्दै थिए– माथि माथि पुगेर म त चिच्याएछु म त स्वर्गमै पुगे । त्यही भएर सरले भन्दै हुनुहुन्थ्यो अझ यहा" त वैशाख–जेठ पछि आयौ भने यहा"को हरियाली लोभलाग्दो देखिन्छ ।

साथीहरुले फेरि वसन्त क्रृतुमा आउने वाचा गरे । त्यहा"वाट हामी नेपालको एकमात्र पहिलो गोट (बाख्रा) चिज उत्पादन हुने ठाउ" पुग्यौ । बाख्राको चिज नि चाख्यौ । घर लान कोसेली किन्यौं ।

गाउ" घुम्ने क्रममा त्यहा"बाट तेर्सौ पातलो जङगल पार गर्दै सात धारा पुग्यौ । तर त्यहा" भूकम्प पछि सातै धारामा पानी आउन बन्द भएछ । माझ गाउ" पुगेपछि सरले केही समय स्केच पेन्टिङ बनाउन फ्रि छाडिदिनु भयो । यो माझ गाउ"मा नेवारहरुको बाक्लो बस्ती छ । पानीले नि बेला बेला छिट्याएर धेरै बेर स्केच गर्न पाएनौ । ऐतिहासिक अशोका चैत्य हेरिसकेर साझ" होमस्टे तर्फ फर्कियौ । र खाजाको रुपमा मकै, हरियो भटमास र गुन्दु्रक सा"देको खान पाउ"दा साहै्र रमाइलो भो ।

राती धीत नमरुञ्जेल आगो तापेर रमाइलो गरेर बस्यौ । विहान सवेरै भेडी गोठ र मार्खु जान तयार भयौ। रिजर्भ गाडीमा त्यहा" पुग्दा थाहा पायौ यहा" अधिकांस नेपाली सिनेमाका गीत सुटिङ गरिँदो रहेछ । रमणीय डा"डाको टुप्पोमा एउटा मात्र रुख देख्दा अचम्म लाग्यो । साथीहरु फोटो खिच्नमै मस्त थिए । मार्खु पुगेर नास्ता गरिवरि हामी डुंगा चडन तिर लाग्यौ । एक छिन त डर लागेर आयो । एकछिनमा मेरो डर हरायो । पारि पुगेर लामो झुलुंगे पुल तरेर कुलेखानी ड्याम हेरेर चित्लाङ फर्कदा २ बजिसकेछ । त्यहाँ होम स्टेमा खाना खाएर हामी विदावरि भयौ ।

सबैलाइ फेरी आउन निम्तो दिदै राधाकुष्णजीले टिस्टुङको प्रसिद्ध किवी दिनुभयो । यसरी हाम्रो २ दिने चित्लाङ भ्रमण सकियो । चित्लाङ पुग्नै पर्ने ठाउँ रहेछ । त्यहा"को मौलिकता, प्राकृतिक सौन्दर्य, सांस्कृतिक, भौगोलिक विविधता र आत्मीयता अनुभव गर्न । सुन्दर चित्लाङ घुमेर हामीले थुपै्र अविस्मरणीय अनुभव बटुल्ने मौका पायौ ।

प्रकाशित: २१ फाल्गुन २०७२ २१:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App