महानगरीय प्रहरी परिसर ललितपुरले सानेपामा रहेको स्पार्क सोलुसन ग्रुफ अफ कम्पनी प्राली मार्फत थापामगर र देवकोटाले नेपाली सेनामा भर्ना प्रकृयामा फेल भएका युवालाई ठगीगर्ने गरेको जनाएको छ । पसिरसरका अनुसार थापामगरले आफुले ठूला ओहदाका मान्छे चिनेको भन्दै दशलाख बढि ठगेका थिए ।
परिसरका प्रमुख एसएसपी पिताम्बर अधिकारीले दुबैको समूहले कार्यालय नै खोलेर आधा दर्जन युवालाई ठगेको प्रारम्भीका अनुसन्धानमा खुलेको बताए । उनका अनुसार शुक्रबारसम्म परिसरमा ११ जना युवाले दुबै बिरुद्ध जाहेरी दिएपनि सख्या बढन सक्ने छ । "दुबै ब्यवसायीक ठग भएको खुलेको छ, यस अघि समेत उजुरी परेको आधारमा अनुसन्धान अघि बढदै छ," अधिकारीले भने ।
प्रहरीका अनुसार थापामगरले सानेपामै ओरियन ओभरसिजको शाखा खोलेर मंसिरमा दुईदर्जन युवालाई भारतीय कम्पनीमा जागिर लगाईदिने भन्दै बिचल्लीमा पारेका थिए । त्यसबेला प्रमोदका नामले थापामगरले प्रतियुवा पचास हजारका दरले पैसा उठाएको जाहेरी मंसिरमा परिसरमा परेको थियो । परिसरका डिएसपी किसनसिंह थापाले थापामगर नेपाली सेना छाडेका र सेनाका सम्बन्धमा राम्रो जानकार भएका कारण युवा सजिलै उनको प्रलोभनमा पर्ने गरेको बताए।
परिसरका अनुसार यसपटक थापामगरले स्पार्क सोलुसनकै कार्यालयको प्रयोगगर्दै नेपाली सेनामा जागिर लगाई दिन्छु भनि काभ्रेपलाञ्चोकका धनबहादुर माझीवाट, रामेछापका अनिल केसी, सुवन्ता केसी, दोलखाका नवराज खत्री, धादिङ्गका प्रदिप तिमल्सिनावाट ७५ हजारदेखि एकलाख २० हजारसम्म असुलेका थिए ।
यस्तै भारतमा जागिर लगाईदिने भन्दै मुगुको प्रवेश वानियाँ, मकवानपुरका मनोज चौलागाई, सिन्धुलीको नारायण श्रेष्ठ, पदम बहादुर थिङ्ग, पर्वतकुमार श्रेष्ठ र मेनुका लामालाई श्रीमानलाई शान्ति मिसनमा पठाउने भन्दै थापामगरले २० हजार देखि दुईलाख २७ हजारसम्म ठगेका थिए।
प्रकाशित: १४ फाल्गुन २०७२ ०८:४१ शुक्रबार





