काठमाडौं–पूर्व मिस नेपाल जेनिशा मोक्तान विवाह बन्धनमा बाँधिएकी छिन्। बुधबार प्रेमी दिकेश मल्होत्रासँग होटल सांग्रिलामा पारिवार सदस्य उपस्थितिमा विवाह सम्पन्न भएको हो। पूर्व मिस नेपाल मोक्तान पछिल्लो समय दिकेशको व्यवसायमा सहयोग गरिरहेकी थिइन्।
अभिनेत्री प्रियंका कार्कीका नातेदार समेत रहेका दीकेश नेपालका लागि सामसङ मोबाइलको आधाकारिक विक्रेता आइएमएसका अध्यक्ष हुन्। विवाह समारोहमा पूर्व मिस नेपाल मोक्तान र दिकेश निकट व्यक्तिहरुको उपस्थिति रहेको थियो। फिल्म र मोडलिङसम्बन्धी व्यत्तित्वहरु विवाहमा सहभागी छन्।लामो समयको प्रेम सम्बन्धपछि विवाह भएको हो। 'मेरो एउटा साथी छ' फिल्मबाट नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेकी उनले केही म्युजिक भिडियोमा समेत अभिनय गरेकी छिन्।
प्रकाशित: १२ फाल्गुन २०७२ ०३:२५ बुधबार





