२ माघ २०८२ शुक्रबार
image/svg+xml
अन्य

अज्ञात समूहको गोली प्रहारबाट एक युवकको मृत्यु

कपिलवस्तु- जिल्लाको बाणगंगा नगरपालिकास्थित चार नम्बर चोकमा अज्ञात समूहको गोली प्रहारबाट एक स्थानीय युवाको मृत्यु भएको छ। बिहीबार साँझ साढे ७ बजतेतिर रोतो मोटरसाइकलमा आएका दुई जनाले अन्धाधुन्द गोली प्रहार गर्दा राजेश सेनको मृत्यु भएको प्रहरीले जनाएको छ।प्रत्यक्षदर्शी अनुसार सेनमाथि अज्ञात समूहले चार वटा गोली प्रहार गरी पूर्वपश्चिम राजमार्गअर्न्गत पश्चिमतर्फ भागेका थिए। छातीमा गोली लागेर गम्भीर घाइते भएका सेनको लुम्बिनी अञ्चल अस्पतालमा उपचारका क्रममा मत्यु भएको प्रहरीले जनाएको छ।

घटनाको विरोधमा स्थानीयले विरोध प्रर्दशन गर्दै राजमार्गसमेत अवरुद्ध पारेका छन्। घटनाको अनुसन्धान र फरार अभियुक्तको खाजी भइरहेकेा प्रहरी नायब उपरीक्षक दिल्लीराज बिष्टले बताए।

प्रकाशित: २९ माघ २०७२ ००:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App