२ माघ २०८२ शुक्रबार
image/svg+xml
अन्य

सुमित र सशिनको जोडी विजयी

काठमाडौं- सुमित महर्जन र सशिन डंगोलको जोडीले चौथो याङ्जी शेर्पा स्मृती ललितपुर खुल्ला ब्याडमिन्टनको उपाधि जितेको छ। योङस्टार ब्याडमिन्टन क्लबका सुमित र सशिनले आयोजक सातदोबाटो युथ क्लबका राजु बज्राचार्य र आकाश छन्त्यालको जोडीलाई २१–१४, २१–१४ ले पराजित गर्यो।विजेता सुमित र सशिनको जोडीले २० हजार तथा उपविजेता राजु र आकाशको जोडीले १० हजार प्राप्त गर्योश। भेट्रान्स डबल्स फाइनलमा सातदोबाटो युथका कमल शाक्य र सानुबाबु महर्जनको जोडीले प्रयाग पोखरी ब्याडमिन्टन क्लबका मदन गुरुङ र कपिल शिल्पकारको जोडीलाई २१–१६, २१–१४ ले हराए। विजेता टोलीले ८ हजार र उपविजेताले ४ हजार पाए।

यु–१५ तर्फ प्रयाग पोखरीका प्रविण लिम्बुले पहिलो स्थान हासिल गरे। उनले फाइनलमा अग्निसाल ब्याडमिन्टन क्लबका रिजन महर्जनलाई पराजित गरे। प्रतियोगितामा योङस्टार ब्याडमिन्टनका साहज शाक्य उदयीमान खेलाडीका रुपमा पुरस्कृत भए।

प्रतियोगिताको विजयी खेलाडीलाई संघिय मामिला तथा स्थानीय विकास मन्त्रि विराज बहादुर विष्ट, पुर्व अन्तराष्ट्रिय खेलाडी मोहन बहादुर शाही, प्रायोजक स्ट्रोक्टो नेपाल प्रालीका प्रबन्ध निर्देशक उरगेन शेर्पा, आयोजक सातदोबाटो युथ क्लबका अध्यक्ष कपिल राना मगर, सचिव सुनिल विष्ट लगायतले पुरस्कृत गरे।

प्रकाशित: २८ माघ २०७२ २२:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App