६ माघ २०८२ मंगलबार
image/svg+xml
अन्य

कटुवा पेस्तोलसहित दुई पक्राउ

इटहरी-कटुवा पेस्तोलसहित सुनसरी कप्तानगन्जका दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ।


प्रहरीले कप्तानगन्ज वडा नं. २ का १९ बर्षीय सुरज खा र सोही ठाउँका २१ बर्षीय रामु मेहतालाई पक्राउ गरेको हो। घटनाक्रम अनुसार आइतबार साँझ हरिपुरमा पाँच लिटर पेट्रोल स्थानीय विक्रेतासँग सुरज र रामुले प्रयोग गर्ने मोटरसाइकलमा हालेका थिए। तर, पैसा माग्दा पेस्तोल देखाएपछि ती विक्रेताले नजिकै रहेको प्रहरीलाई खबर गरेपछि लगत्तै पुगेको प्रहरीले सुरजलाई र सोमबार दिउँसो त्यही क्षेत्रमा सुरक्षाकर्मी परिचालन गर्दा रामु पक्राउ परेको जानकारी दियो।

पक्राउ पर्ने युवकलाई हातहतियार तथा खरखजना ऐन अन्तर्गत मुद्दा चलाएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी पोषराज पोखरेलले बताए। उनका अनुसार कटुवा पेस्तोलसँगै दुई राउण्ड गोली बरामद भएको छ।

प्रकाशित: १८ माघ २०७२ ०७:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App