४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

सुहाङलाई जित्ने भेषराजको दावी: पूर्वबाट सूर्य उदाउँछ भन्नु जतिनै सत्य हो मेरो जित

इलाम क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका नेपाली कांग्रेसका उम्मेदवार भेषराज आचार्यले यस पटक आफ्नो जित निश्चित भएको बताएका छन् ।  

मनोनयन दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफ्नो उमेद्वारी विकास र समृद्धिका लागि भएको बताए । उनले भने, ‘मेरो उम्मेदवारी परिवर्तन विकास समृद्धि र सुशासनका लागि हो । समाज परिवर्तन गर्न र समाजको विकास गर्न हो ।’

आफ्नो जित निश्चित रहेको पनि उनले दावी गरे । आचार्यले भने, ‘यो पटक मेरो जित सुनिश्चित छ । मैले जित्ने सुनिश्चितता पूर्वबाट घाम उदाउँछ भन्नु जति सत्य हो त्यति नै निश्चित र सत्य मेरो जित हो ।’

तपाईंले जित्ने आधार के भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘मेरो जित्ने आधार भनेको राजनीतिमा लगानी करिब ५० वर्ष नै भयो । त्यो समयमा इमान्दारिकपूर्वक देश जनता र इलामेको सेवा गरेको छु । त्यो सेवा बापत मलाई यो क्षेत्रका सबै पुस्ताका सबै पहिचानका तथा सबै खालका इलाम क्षेत्र नम्बर २ का व्यक्तिले मतदान गर्नहुन्छ भन्ने विश्वास छ । म मतदानका लागि आग्रह पनि गर्दछु।’

यो क्षेत्रमा नेकपा एमालेका तर्फबाट केन्द्रीय सदस्य सुहाङ नेम्वाङले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रकाशित: ६ माघ २०८२ १५:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App