मोरङ क्षेत्र नं ६ बाट नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार विराटनगर देवकोटा चोक स्थित मोरङको मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर डा कोइरालाले उम्मेदवारी दर्ता गराएका हुन् ।
यसअघि २०७९ को निर्वाचनमा पनि डा कोइराला मोरङ निर्वाचन क्षेत्र नं ६ बाटै प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । उक्त निर्वाचनमा नेकपा एमालेका नेता लालबाबु पंडितलाई पराजित गरी डा कोइराला निर्वाचित भएका थिए ।
यो पटकको निर्वाचनमा पनि मोरङ क्षेत्र नं ६ मा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारकावीच नै मु्ख्य प्रतिश्पर्धा हुने देखिएको छ । मोरङ क्षेत्र नं ६ मा नेकपा एमालेकातर्फबाट विनोद ढकाल उम्मेदवार छन् ।

प्रकाशित: ६ माघ २०८२ १६:१० मंगलबार





