२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

हृदयघातका कारण एमाले कास्कीका पूर्व अध्यक्ष कृष्ण थापाको निधन

नेकपा एमालेका केन्द्रीय सदस्य एवं कास्की जिल्लाका पूर्व अध्यक्ष कृष्ण थापाको निधन भएको छ।

पार्टीको कास्की जिल्ला संयोजन गर्ने जिम्मेवारीमा रहेका उनको बिहीबार हृदयघातका कारण निधन भएको हो।

प्रतिनिधि सभा सदस्यको निर्वाचन–२०८२ को समीक्षा भइरहेका बेला उनलाई ह्रदयघात भएको थियो।

समीक्षा बैठकमा आफ्नो भनाई राखेर बसिरहेका बेला उनलाई ह्रदयघात भएको एमाले कास्की जिल्ला अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिए।

‘समीक्षा बैठक सकिएर उठ्ने बेलामा असहज भयो भन्नुभएको थियो। कुर्सीमा बसेकै बेला उहाँ बेहोस् हुनुभयो’, उनले सुनाए, ‘लगत्तै कारमा राखेर ९ मिनेटमै मनिपाल शिक्षण अस्पताल पुर्‍याए पनि बचाउन सकिएन।’

अस्पताल लगेर चेकजाँच गर्दा रिपोर्ट नकारात्मक आएको र चिकित्सकले धेरै प्रयास गर्दा पनि सुधार नआएको उनले बताए। थापालाई ब्लड प्रेसर लो सम्बन्धि समस्या रहेको बताइएको छ।

यद्वपी औषधी प्रयोग गरे/नगरेको बारे खुलेको छैन। एमालेको गढ मानिने कास्कीमा क्लिन स्वीप भएपछि एमालेले विहीबार समीक्षा बैठक राखेको थियो।

प्रकाशित: २८ फाल्गुन २०८२ १६:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App